नियम २८
बचत रकमको जिम्मा
(१) समितिले उठाएको नगदी र जिन्सी बचत रकमको छुट्टा छुट्टै हिसाब समितिले दुरूस्त राख्नेछ । (२) मसलन्दको लागि असूल भएको बचत रकमको ½ प्रतिशत छुट्याई र ऋण वितरण गर्ने समयमा नगदी रू. ५००।– मौज्दात बा“की राखी बढी रकम ७ दिनभित्र भूमिसुधार बचत संस्थानको खातामा वा सम्बन्धित भूमिसुधार कार्यालयमा जम्मा गर्नुपर्छ । तर समितिले यो उपनियम बमोजिम राख्न सक्ने मौज्दातको रकमलाई लामोअवधिसम्म निष्क्रीय रहने गरी राख्नु हु“दैन । (३) समितिले उठाएको बचतको रकम दुरूपयोग वा हिनामिना भएमा समितिका सबै सदस्यहरू सामूहिक र व्यक्तिगत रूपले जवाफदेही हुनेछन् र त्यस्तो हिनामिना भएको रकम सरकारी बा“की सरह असूल उपर गरिनेछ ।